जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिका र तिनीहरू हुर्काउन सहयोगी हुने वेबसाइट
 

साइट पोलिसि

यस वेबसाइटभनेको, मोरियामाले प्रतिनिधित्व गर्नुहुने रिसर्च ग्रुप एवम् त्यसका प्रतिनिधिहरूले व्यवस्थापन तथा सञ्चालन गर्ने गरेको वेबसाइट हो। यस वेबसाइटमा समावेश भएका जानकारी हेर्दा, प्रयोग गर्दा, डाउनलोड गर्दा, तलको साइट पोलिसिमा मञ्जुरी जनाएको मानिने छ। यस साइट प्रयोग गर्नु भन्दा पहिले निम्न सावधानी अपनाउनु पर्ने बुँदाहरू पढेर, स्वीकार गरेर मात्र प्रयोग गर्नुहोला।

  1. प्रतिलिपि अधिकार आदि बारेमा
    1. यस वेबसाइटमा प्रकाशित एक-एक जानकारी (फन्ट, चित्र आदि) एवम् समग्र वेबसाइट समेत प्रतिलिपि अधिकारको दायरामा पर्ने भएकोले, सबै जापान प्रतिलिपि अधिकार ऐन एवम् अन्तर्राष्ट्रिय सन्धिद्वारा संरक्षण गरिएको छ।
    2. प्रतिलिपि अधिकार ऐनले निर्धारण गरेको "व्यक्तिगत प्रयोगको लागि प्रतिलिपि बनाउने" एवम् "साभार" गर्ने बाहेक, अनाधिकृत रूपमा प्रतिलिपि बनाउने वा अरू कार्यमा प्रयोग गर्न सकिने छैन।
  2. उत्तरदायित्वमा नपर्ने बुँदा
    1. यस वेबसाइटको विषयवस्तुहरू बिना सूचना परिवर्तन गरिन अथवा हटाइन सक्छ। साथै, यस वेबसाइटको सञ्चालन बन्द गरिने हुन सक्छ। अग्रिम रूपमा बुझि दिनुहुन आग्रह गर्दछौँ।
    2. यस साइटमा जानकारी या सामाग्री राख्दा अत्यन्त सावधानी अपनाउने गरिएको छ तर उक्त जानकारीहरूमा तेस्रो पक्षबाट प्राप्त जानकारी समावेश भएका हुन्छन्। तेस्रो पक्षका समूह या व्यक्तिबाट हेर्न पाउने अनुमति लिएर राख्ने गरिएको छ। यस साइटमा लिङ्क राखिएको साइटहरूले प्रदान गर्ने जानकारीको विश्वसनीयता कायम राख्न सकेसम्म हेरविचार गरेर राख्ने गरेका छौँ, यद्यपि ती सबैको शुद्धतामा भने ग्यारेन्टि गर्न सकिँदैन।
    3. यस साइट एवम् यस साइटमा लिङ्क राखिएको साइटमा राखिएको जानकारी या सामाग्रीहरू उपयोग, प्रयोग, डाउनलोड जस्ता कार्यबाट हुने कुनै पनि क्षतिहरू सम्बन्धमा पनि, जस्तो सुकै कारण भएपनि, यस साइटले कुनै पनि उत्तरदायित्व वहन गर्न नसक्ने कुरा अग्रिम रूपमा बुझि दिनुहुन आग्रह गर्दछौँ।