मातृशिशु स्वास्थ्य पुस्तिका
मातृशिशु स्वास्थ्य पुस्तिका जापानमा प्रयोग गरिने एक महत्वपूर्ण पुस्तिका हो, जसमा गर्भावस्था, प्रसूति तथा अभिभावकत्व सम्बन्धी स्वास्थ्य जानकारी अभिलेख र व्यवस्थापन गरिन्छ।
गर्भवती भएको थाहा पाउने बित्तिकै तपाईं आफ्नो सहर, वडा, गाउँ वा नगर कार्यालयबाट यो पुस्तिका निःशुल्क प्राप्त गर्न सक्नुहुन्छ।
यस पुस्तिकामा आमा र शिशु दुवैका विभिन्न स्वास्थ्य जानकारीहरू अभिलेख गर्न सकिन्छ जसमा प्रसूति पूर्वको स्वास्थ्य परीक्षण, प्रसूति विवरण, शिशुको वृद्धि तथा खोप अभिलेखहरू समावेश हुन्छन्। यसमा अभिभावकत्वसम्बन्धी उपयोगी सल्लाहहरू समेत दिइएका छन्, साथै स्तनपान, आहार सुरु गर्ने (ठोस आहार सुरु गर्ने) र खोपबारे व्याख्या गरिएको हुन्छ।
त्यसैगरी, यस पुस्तिकाका संस्करणहरू र सम्बन्धित पर्चाहरू अंग्रेजी, चिनियाँ, भियतनामी र सजिलो जापानीसहित धेरै भाषाहरूमा उपलब्ध छन्।
डाउनलोड
मातृशिशु स्वास्थ्य पुस्तिका र सम्बन्धित जानकारीमूलक पर्चाहरूको बहुभाषी संस्करण तपाईंले चिल्ड्रेन एण्ड फ्यामिलिज एजेन्सीको वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुन्छ।
| अङ्ग्रेजी | स्पेनी | पुर्तगाली | चिनियाँ | दक्षिण कोरियाली | थाई | तागालोग (फिलिपिनी भाषा) | भियतनामी | इन्डोनेशियाली | नेपाली | |
|---|---|---|---|---|---|---|---|---|---|---|
| मातृशिशु स्वास्थ्य पुस्तिका (बहुभाषा संस्करणहरू) | ○ | ○ | ○ | ○ | ○ | ○ | ○ | ○ | ○ | ○ |
| मातृशिशु स्वास्थ्य पुस्तिका (पर्चा) | ○ | ○ | ○ | ○ | ○ | ○ | ○ | ○ | ○ | ○ |
माथिको ○ क्लिक गरेमा उक्त बुँदा अन्तर्गतको जानकारी हेर्न सकिन्छ।
मुद्रित सामग्री खरिद
तपाईं तलका विधिहरूमार्फत मातृशिशु स्वास्थ्य पुस्तिकाको मुद्रित संस्करण पनि खरिद गर्न सक्नुहुन्छ।
व्यावसायिकहरू र हेरचाहकर्ता/सहयोगीहरूका लागि
विशेषाज्ञिक पेशा या सहयोगी महानुभावहरूले सार्वजनिक हितकारी कोष, मातृशिशु स्वास्थ्य-सरसफाइ रिसर्च समूहको HP बाट "अङ्ग्रेजी" "स्पेनी" "पुर्तगाली" "चिनियाँ" “दक्षिण कोरियाली" "थाई" "तागालोग (फिलिपिनी भाषा)" "भियतनामी” "इन्डोनेशियाली" "नेपाली” गरी 10 देशका भाषामा लेखेको बोसि केन्कोउ तेच्यो भनिने मातृशिशु स्वास्थ्य पुस्तिका खरिद गर्न सकिन्छ।
विदेशी र जापानी गरी दुई भाषामा समानान्तर रूपमा लेखिएको छ।
सामान्य जनताका लागि
सर्वसाधारण महानुभावहरूले "गर्भावस्था या शिशु स्याहारमा सहयोगी पसल, होन्-नो राकु-इकु मान्तेन-दोउ"को HP बाट "अङ्ग्रेजी" "स्पेनी" "पुर्तगाली" "चिनियाँ" "दक्षिण कोरियाली" "थाई" "तागालोग (फिलिपिनी भाषा)" "भियतनामी” "इन्डोनेशियाली" "नेपाली” गरी 10 देशका भाषामा लेखेको बोसि केन्कोउ तेच्यो भनिने मातृशिशु स्वास्थ्य पुस्तिका खरिद गर्न सकिन्छ।
विदेशी र जापानी गरी दुई भाषामा समानान्तर रूपमा लेखिएको छ।
